काबुलको एक धार्मिक सभामा आत्मघाती बम आक्रमण, ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमण भएको छ  । उक्त बम आक्रमणमा परि ५० जनाको मृत्यु भएको छ भने ६० भन्दाबढी घाइते भएका छन् । 

मंगलवार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो । उक्त आक्रमणको जिम्मा हालसम्म कुनैपनि संगठनले नलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहले जनाएका छन् । 

एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेका र आफूले बोकेको बम विष्फोट गराएका समाचार एजेन्सीहरुले उल्लेख छ । 

यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?