कम्पनी एउटा, ब्यालेन्स सिट दुर्इवटा ! बैंकसम्म निगरानीमा

काठमाडाैं : कर कार्यालयमा एउटा र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन अर्को विवरण बुझाउने कम्पनीहरूमाथि सरकारले निगरानी थालेको छ । 

कर कार्यालयले वित्तीय हिसाबले कमजोर देखिएका कम्पनीहरूलार्इ ऋण दिने बैंक तथा वित्तीय संस्थाहरूमाथि समेत निगरानी बढाएको छ । कमजोर कम्पनीलार्इ ऋण दिने, तर ब्यालेन्स सिटमा खराब कर्जा कम देखाउने वित्तीय संस्थाको सम्पति मूल्यांकन गर्ने सम्मका काम अघि बढाउने तयार भर्इरहेको ठूला करदाता कार्यालका अधिकारीले अनाैपचारिक जानकारी दिएका छन् । 

कर बुझाउने बेलामा घाटा देखाएका कम्पनीहरूलार्इ बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुको कारणबारे कार्यालयले बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृतहरूसँग समेत सोधपुछ गरेको छ । उत्त ऋण प्रवाह गरि नागरिकको निक्षेप जोखिममा पार्ने बैंकहरूलार्इ कारबाही गर्ने चेतावनीसहित ठूला करदाता कार्यालयले व्यवसायिक प्रतिष्ठानबाट दुर्इ प्रकारका वासलात तयार गरि एउटा कर कार्यालय र अर्को ऋण लिनका लागि बैंकमा बुझाएको प्रमाण भेटिएको जनाएको छ । 

अर्थ मन्त्रालयको राजस्व महाशाखाका एक कर्मचारीका अनुसार अब कर तिर्ने बेला कमजोर वासलात देखाउने र ऋण लिँदा उत्कृष्ट वासलात देखाउने कम्पनी तथा बैंक/वित्तीय संस्थामाथि सुक्ष्म छानबीन र दोषी पार्इए हदैसम्मको कारबाही गर्ने प्रकृया अघि बढेको छ । दोहोरो विवरण तयार गरि कर छली गरेको अाशंकामा कर कार्यालयले पनि कर फार्इलिङ गर्दा बुझाएको विवरण र ऋण लिँदा बुझाएको विवरण भिडाएर अनुसन्धान गर्ने भएइको हो । 

वित्तीय पारदर्शीताका लागि भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि दोहोरो विवरण बनाउने व्यापारिक कम्पनीमाथि कारबाहीको घोषणा गरिसकेका छन् । चालु अार्थिक बर्षको वजेट वक्तव्यमै सरकारले कर छली गर्नेमाथि सूचना अादानप्रदानका अाधारमा कडा कारबाही गर्ने व्यहोरा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?