राष्ट्रिय नोभिष बक्सिङ बुधवारदेखि शुरु हुँदै

काठमाडौं । प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आज ‘बुधवार’देखि शुरु हुँदैछ । 

नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको  युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिए । प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० किलो तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता संयोजक एवं खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीका अनुसार प्रतियोगितामा महिला २४ वर्षमुनि ४८, ५१, ५४, ५७ ,६० र ६४ किलो तौल समूहसमेत समावेश गरिएको छ । 

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९,७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने सो प्रतियोगिताका लागि२५ लाख बजेटको व्यवस्था गरिएको अध्यक्ष अवालेले जानकारी दिए ।

प्रत्येका तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?