काठमाडाैंमा पाँचतारे होटल ‘फुल अकुपार्इड’, यो बर्ष भोज गर्न ठाउँ पार्इँदैन

काठमाडौं : काठमाडाैं उपत्यकामा रहेका सुविधासम्पन्न पाँचतारे होटलहरू डिसेम्बरसम्मका लागि 'फुल अकुपार्इड' भएका छन् ।

विभिन्न व्यवसायिक प्रतिष्ठान र सरकारी कार्यालयले अायोजना गर्न लागेको कार्यक्रमका लागि पाँचतारे होटलका हल खोजी गर्दा पाउन मुस्किल परेको छ ।

उच्चमध्यम वर्गीय र धनीवर्गले सामाजिक कामहरू समेत पाँचतारे होटलबाटै गर्न थालेपछि सार्वजनिक कार्यक्रमका लागि पनि होटलको स्पेश पाउन समस्या भएको हो । 

विवाहको सिजन परेका मंसिरभर पाँचतारे होटलका हल बुकिङ भर्इसकेका छन् । होटलको ब्यांकेटहरू डिसेम्बर अन्तिमसम्मकै लागि बुकिङ भएको व्यवसायीहरूले जानकारी दिएका छन् ।

पाँचतारे अन्नपूर्ण होटलको हल डिसेम्बर २० तारिखसम्मक लागि प्याक भर्इरहेको छ । अर्को पाँचतारे ह्यात होटलको ब्यांकेट पनि पनि डिसेम्बर १७ तारिखसम्मका लागि बुकिङ भर्इसकेको छ । 

यस्तै, दरबारमार्गस्थित होटल याक एण्ड यतिको ब्यांकेट र सभाहल पनि डिसेम्बर १७ तारिखसम्मका लागि बुकिङ भर्इसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?