नेपाली तयारी पोशाकमा शतप्रतिशत भन्सार सुविधा दिने अमेरिकी संकेत

काठमाडाैं : नेपाली तयारी पोशाक अायातमा शुन्य भन्सार सुविधा दिनेबारे अमेरिकी सरकार सकारात्मक देखिएको छ । उद्योग, बाणिज्य तथा अापूर्ति मन्त्रालयका अनुसार अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभले शुन्य भन्सार दिनेबारे कानूनी प्रकृया अघि बढाउन लागेको नेपाललार्इ सूचित गरेको छ । 

नेपाल र अमेरिकाबीच गत कात्तिक २७ गते व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झाैता (टिफा)को द्विपक्षीय स्थायी संयन्त्र बैठक बसेको थियो । सो बैठकमा नेपालले ७७ वटा वस्तुको सूचीमा तयारी पोशाकलार्इ समावेश गर्न अाग्रह गरेको थियो । हाल अमेरिकाले नेपालबाट अायात हुने ७७ वटा वस्तुमाथि शुन्य भन्सार लगार्इरहेको छ । 

शुन्य भन्सार दरमा नेपाली तयारी पोशाक अमेरिकी बजारमा प्रवेश गराउन नेपालले निकै अघिदेखि प्रयास गर्दै अाएको छ । हाल अमेरिका नेपालको सेवा तथा वस्तु निर्यात हुने देशको सूचीमा पाँचाैँ स्थानमा रहेको छ । 

वि.सं. २०७२ साल बैशाखमा मच्चिएको विनाशकारी भूकम्पपश्चात तत्कालीन अमेरिकी राष्टपति बाराक अोबामा प्रशासनले नेपालबाट अायात हुने ७७ वटा मालवस्तुमा शुन्य भन्सार दरको सुविधा दिएको थियो । सोही सूचीमा नेपाली तयारी पोशाकलार्इ समावेश गर्न नेपालले अाग्रह गरेको हो । अमेरिकी र युरोपेली बजारमा नेपाली तयारी पोशाकको माग हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?