नेसन्स लिग फुटबलः पोर्चुगल र पोल्याण्डबीचको खेल बराबरीमा सकियो

एजेन्सी । ‘युइएफए’ नेसन्स लिग फुटबल अन्तर्गत पोर्चुगल र पोल्याण्डले बराबरी खेलेको छ । 

घरेलु मैदानमा मंगलवार राति भएको खेलमा पोर्चुगलले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । १० खेलाडीमा सिमित पोर्चुगलले शुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको ३४ औँ मिनेटमा पोर्चुगलका लागि आन्द्रे सिल्भाले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । 

खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा भने गोल गर्न सकेन । खेलको ६३ औँ मिनेटमा ड्यानियल पेरिरा रातो कार्ड खादै मैदानबाट बाहिरिएपनि पोल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

केही सुधारिएको खेल खेलेको पोल्याण्डका लागि ६६ औँ मिनेटमा एर्काडुइज मिलिकले गोल गर्दैै खेललाई १-१ को स्थितीमा ल्याए । 

बराबरीपछि यसअघि नै सेमिफाइनलमा पुगिसकेको पोर्चुगलले लिग ‘ए’ को समूह ३ बाट ४ खेल्दै ८ अंक बनाएको छ । २ अंक मा बनाएको पोल्याण्ड भने रेलिगेसनमा छ । 

त्यस्तै मंगलवार राति नै भएको अर्को रसियालाई २-० गोल अन्तरले पराजित गर्दै स्विडेन नेसन्स लिगको लिग ‘ए’ बढुवा भएको छ । 

स्विडेनलाई जित दिलाउन भिक्टोर लिन्डेलोफ र मार्कुस बर्गले समान एक-एक गोल गरेका थिए । लिन्डेलोफले खेलको ४१ औँ मिनेटमा तथा मार्कुसले ७२ औँ मिनेटमा गोल गरेका थिए । यो जितसँगै स्विडेन ‘बी’बाट लिग ‘ए’मा बढ्वा भएको हो ।

स्विडेन ४ खेलबाट ७ अंकका साथ लिगको शिर्ष स्थानमा छ । समान ७ अंक नै बनाएको रसिया भने गोल अन्तरको आधारमा पछि छ । ३ अंक मात्र बनाएको टर्की भने रेलिगेसमा परिसकेको छ । 

मंगलवार राति नै भएको अर्को खेलमा स्कटल्याण्डले इजरायललाई ३-२ गोल अन्तरले  पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?