यसरी माग्नुहोस् सत्यवती तालमा चिच्याएर वर

काठमाडौं । पाल्पाको सत्यवती तालमा चिच्याएर वर माग्ने मेला आजदेखि शुरु भएको छ । 

पाल्पाको सत्यवती तालमा चिच्चाएर वर माग्ने तीन दिने मेला आजदेखि शुरु भएको हो । 

तीन दिनसम्म लाग्ने उक्त मेलामा स्वदेश तथा विदेशबाटसमेत दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ । 

कात्तिके पूर्णिमाको तीन दिनअघि देखि नै पाल्पाको तिनाउ गाउँपालिका–४ को बीच घनाजंगलस्थित रहेको सत्यवती तालमा मेला लाग्ने पूरानो चलन छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत मस्याम गाविसको २४ माईल र दोभानको झुम्सा पानीमिलबाट दुई घण्टा ठाडो उकालो हिँडेर सत्यवती तालमा लागेको मेला हेर्न जाने गर्छन् ।

चिच्चाएर वर माग्ने र मागेको वर पूरा भएको जनविश्वासका आधारमा मेला भर्न मुलुकका विभिन्न भागका साथै भारतबाटसमेत दर्शनार्थीको भीड लागेको छ । 

मेलाका लागि तीन दिन तीन रात मानिसको घुँइचो लाग्छ । 

मनोकांँक्षा पूरा हुने विश्वासले सत्यवती तालमा वर माग्ने र भाकल अनुसार पूजा दिने चलन छ ।

बांँस वा पातीको लिङ्गो लिएर जाने, त्यसलाई बोकेरै चिच्चाउँदै तालको वरीपरी तीन पटक घुमेर वर माग्ने गरिन्छ । 

आफुले लगेको लिंगोलाई गाडेर त्यसैको फेदमा पूजा गर्ने, वली चढाउने, परेवा उडाउने र पञ्चवलीसमेत लग्ने चलन छ ।

ताल छेउ र मन्दिरमा भाकल अनुसार बली दिने चलन समेत छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?