शेयरबजारका लगानीकर्तालार्इ नअात्तिन नेप्सेको अाग्रह

काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का महाप्रबन्धक चन्द्रशिंह साउदले अनलार्इन प्रणालीमा देखिएको खराबीका कारण देखिएको समस्याबाट पूँजीबजारका लगानीकर्तालार्इ नअात्तिन अाग्रह गरेका छन् । 

मंगलबार मात्रै पूँजीबजार लगानीकर्ता संघका तर्फबाट लगानीकर्ताहरू नेप्सेका अधिकारीहरूसँग भेटघाट गर्न गएका थिए । सो भेटमा लगानीकर्ताहरूले बिहिबारसम्म बजार सुधार नभए नेप्से घेराउ गर्ने चेतावनी दिएका छन् । 

यसअघि नेपाल र्इन्भेष्टर फोरमले पनि नेप्सेका अधिकारीहरूलार्इ अनलार्इन प्रणालीमा देखिएको खराबी हटाउन अाग्रह गरेका थिए । नेप्सेका महाप्रबन्धक साउदले चाहिँ पछिल्ला दिनमा अनलार्इन प्रणालीमा देखिएको समस्या समाधान हुँदै गएकाले लगानीकर्ताहरूलार्इ नअात्तिन अाग्रह गरेका हुन् ।​

अनलार्इन प्रणाली अाउँदा अन्तरराष्ट्रिय बजार ६०% सम्म बृद्धि हुने गरेको, तर नेपालमा नयाँ प्रविधी अाउँदा पनि बजार झन् घटेकाले अाफुहरू हतोत्साही भएको लगानीकर्ताहरूले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?