काठमाडौं । गुजरातमा १८२ विधानसभा सीटहरूमा भएको चुनावको लागि मतगणना भइरहेको छ । प्रारम्भिक नतिजामा भारतीय जनाता पार्टी बीजेपी पार्टी बहुमतसहित अगाडि बढेको छ भने कांग्रेस र आम आदमी पार्टीको अवस्था नाजुक देखिएको छ ।
२०१७ को तुलनामा, यस पटक दुवै चरणमा कम मतदान भएको थियो। पहिलो चरणमा ६० दशमलव २० प्रतिशतले मतदान गरेका थिए भने मंसिर ५ गते भएको दोस्रो चरणको निर्वाचनमा ६४.३९ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए ।
गुजरातमा सन् २००२ देखि भाजपा सत्तामा छ। यसपटक भाजपाले जितको कीर्तिमान बनाउन लागेको छ । सन् २००२ मा भाजपाले १२७ सिट जितेको थियो । यसपटक यो संख्या १५० भन्दा नजिक पुगेको देखिन्छ ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले घाटलोडिया सिटबाट निकै प्रगति गरेका छन् । उनी अहिले कांग्रेसका अमी याज्ञिक भन्दा १ लाख १५ हजार मतले अगाडि छन् । भारी मतको अन्तरले उनको जितको संकेत गरिरहेको छ ।
पछिल्लो सिट अपडेट
भाजपा-१५४
कांग्रेस-२०
आप-५
अन्य-३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया