भ्वाइस अफ नेपालबाट बाहिरिए लगत्तै तेजिन्द्रले ल्याए ‘साइँलीरिमै’ (भिडियो)

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट आउट भएको दुई दिनमा नै तेजिन्द्र गन्धर्वले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै जीवनकथासँग मिल्दो ‘साइँलीरिमै’ बोलको गीतमा तेजिन्द्रको स्वर सुन्न सकिन्छ भने गीतमा डिपी खनालका शब्द रहेका छन् । यस्तै गीतमा शंकर थापाको संगीत रहेको छ ।

ललितपुरका विभिन्न स्थानमा छायांकन गरेर गीतको भिडियो तयार पारिएको छ । उक्त भिडियोमा अनिल के मानन्धरको छायांकन छ भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । यस्तै गीतको

भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?