नेपालले चीनसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । आगामी जनवरीमा नेपाली राष्ट्रिय फुटबल टिमले चीनसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजना हुने मैत्रीपूर्ण खेलमा नेपालले चाइनिज जायन्ट ग्वान्जाउ आर एण्ड एफ क्लबसँग खेल्न लागेको हो । एन्फाले दिएको जानकारी अनुसार नेपाल र चीनबीचको मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भइसकेको जनाएको छ ।

चाइनिज जायन्ट ग्वान्जाउ क्लबका प्रमुख याङ क्वि, टिमका म्यानेजर हुवाङ जुन र डिपार्टमेन्ट अपरेसन इन्टग्रेटेड लियाङ याजिङ र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले मैत्रीपूर्ण खेल खेल्नेबारे छलफल गरेको बताइएको छ । 

तर जनवरीको कुन दिन खेल्ने भन्ने चाहि केही खुलाइएको छैन । हाल जायन्ट ग्वान्जाउ आर एण्ड एफ क्लब चाइनिज सुपर लिगमा व्यस्त छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?