काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनार्दन शर्माले व्यवसायीलाई आन्दोलनको साटो उद्योग व्यवसायमा लाग्न सुझाव गरेका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको ‘फिन इलेक्ट्रो टेक–२०२२’ प्रदर्शनी मेलामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उनले व्यवसायीले सडकमा गएर आन्दोलनमा ल्याग्नु भन्दै उद्योग व्यवसायमा ध्यान दिएर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो हुने बताए ।
उनले तरलता तथा बैंकको ब्याजदर वृलिगायत उद्योगी व्यवसायीको समस्या समाधानका लागि निजी क्षेत्र, केन्द्रीय बैंक, वाणिज्य मन्त्राल र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताए ।
निजी क्षेत्रकै समस्या सम्बोधन गर्न मौद्रिक समीक्षाका कतिपय व्यवस्थामाथि सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव समेत आफूले मन्त्रिपरिषद्मा राखेको उनले बताए । सरकारले व्यवसायीसँग सहकार्य गर्न सधैँ तयार रहेकोले सडक आन्दोलनमा नजान उनले सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया