मन्त्रालयको कार्यप्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कार्यप्रगतिको समीक्षा गर्ने भएका छन् । 

बुधबार प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र कृषि तथा पशुपंक्षी, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलगायतका पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवसँग छलफल गर्न लागेका हुन् । 

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको जन गुनासो बढ्न थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्न लागेका हुन् । 

प्रधानमन्त्री ओलीले गत असार महिनामा सबै मन्त्रालयले गर्ने प्रतिवद्धता गरेका कामका प्रगति विवरण बुझ्नेछन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?