सुष्मा स्वराजद्वारा चुनावी राजनीतिबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारकी एक प्रभावशाली मन्त्रीले अव चुनाव नलड्ने घोषणा गरेकी छिन् । विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट सन्यासको घोषणा गरेकी हुन् । 

६६ वर्षिय स्वराजले सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने बताएकी छिन् । 

निश्चित उमेरपछि राजनीतिबाट सन्यास लिने स्वस्थ परम्पराको सुरुवातका लागि सन्यासको घोषणा गरेको स्वराजको भनाई छ । 

पछिल्लो समय उनीको स्वास्थ्य अवस्था समेत राम्रो छैन । भारतको सर्वोच्च अदालतकी अधिवक्ता समेत रहेकी स्वराज मृगौला सम्बन्धी रोगबाट पीडित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?