गृहमन्त्रीको राजीनामा माग्दै दुहवीमा प्रदर्शन, हुसेनको शवसहित सडकमा उत्रिए स्थानीय

सुनसरी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गर्दै सुनसरीको दुहवीमा प्रदर्शन भएको छ । 

आज बिहान सुनसरीको दुहवीमा मोहम्मद फिदा हुसेनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । हत्याको विरोधमा स्थानीयबासीले गृहमन्त्री थापाको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । 

विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका स्थानीयबासीले हुसेनको  हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् ।

हजारौँको संख्यामा आएका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । 

साथै उनीहरुले मृतको शवलाई गाडीमा राखेर प्रदर्शन गरेका छन् भने मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् ।

प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजरसमेत रहेका हुसेनको बुधबार विहान ६ः३० बजे गोली हानी हत्या भएको थियो । 

उनमाथीको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए । 

हुसेनको विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?