प्यासीले सार्वजनिक गरे पञ्चेबाजा गीत (भिडियो)

काठमाडौं । गायक केहरसिंह प्यासीले पञ्चेबाजाको गीत बजारमा ल्याएका छन् । उनले लगनको महिना पारेर नयाँ गीत बजारमा ल्याएका हुन् ।

‘नाचौँ गाऔँ पञ्चेबाजामा’ बोलको गीतमा स्थानीय भाकाको स्वाद सुन्न सकिन्छ । जाति विशेष र स्थानीय स्वादका गीत सार्वजनिक गर्न रुचाउने प्यासीले यसपटक भने बिहेको भाकालाई सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ भने गायक प्यासीले नै गीतका शब्दलाई गीतमा उनेका हुन् । गीतमा लय पनि गायक प्यासीको नै रहेको छ ।

यस्तै गीतको भिडियोमा सुमन राना, मालती घले लगायतले अभिनय गरेका छन् भने भिडियोलाइ करन चैसिरले छायांकन गरेका हुन् । यस्तै गीतमा विष्णु शर्माको सम्पादन रहेको छ भने निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?