हानी पुर्‍याएको भन्दै फिल्म ‘पण्डित बाजेको लौरी’ विरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । तीन महिनाअघि प्रदर्शनमा आएको चलचित्र ‘पण्डित बाजेको लौरी’ ले वादी समुदायमाथि हानी तथा क्षति पु–याएको भन्दै सर्वोच्च अदालतमा उजुरी परेको छ ।

वादी समुदायलाई क्षति पु–याएको भन्दै जाहेर गरेको मुद्दामा पण्डित बाजेको लौरी’ का निर्देशक दीपक ओलीलाई आवश्यक कारवाही र क्षतिपूर्तिको माग गर्दै गंगा बहादुर भुजेलले मुद्दा दर्ता गराएका हुन् । उनले मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षीमा राखेका छन् ।

साथै फिल्मका निर्देशक दीपक ओलीलाई सर्वोच्च अदालतले जारी गरेको सूचनामा निर्देशक ओलीलाई स्पष्टीकरण सोधिएको छ ।  साथै अदालतले मंसिर ५ गते सूचना जारी गर्दै यदि कारवाही नगर्नुपर्ने भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

गंगाबहादुर भुजेलले जारी गरेको मुद्दामा भनिएको छ, ‘उपरोक्त विषयले हामी समग्र वादी समदुायमाथि सामदायिक हानी तथा क्षति भएकाले उक्त कार्यबाट विपक्षीहरुले गरेको लाभाके रकम वादी समुदायको समष्टी हित र सरोकार एवम् वादी समुदायको हित र विकासका क्षेत्रमा खर्च गर्ने गरी आवश्यक आदेश जारी गरी पाऊँ ।’

तीन महिनापछि अदालतमा मुद्दा परेपनि फिल्म रिलिज भएको केही समयमा नै वादी समुदायले फिल्मको विरोध गर्दै आएका थिए । साथै वादी महिलाहरुले सरस्वती प्रतीक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ को पनि विरोध गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?