काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागिबीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग सम्झौता गरेको छ ।
दुई संस्थाबीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौता एक कार्यक्रमका बीच बुधवार सम्पन्न भएको हो । सम्झौता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।
सम्झौता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् ।
बैंकसँगको सम्झौता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ । साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा विक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकल मध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो ।
साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो– ३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया