गोल गर्नबाट चुक्यो ब्राजिल

लोकपथ
91
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्रोएसियाबीचको ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ ।

कतारस्थित एजुकेसन सिटी रंगशालामा जारी क्वार्टरफाइनल खेलमा दुबै पक्षबाट केही प्रहार भएपनि गोलले दिशा लिन सकेन ।

ब्राजिलले क्रोएसियाको पोस्टमा १४ प्रहार गरेको थियो भने क्रोएसियाबाट पनि ६ प्रहार भयो । जसमा ब्राजिलको ७ वटा प्रहार टार्गेटमा भएपनि गोल हुन सकेन ।

अर्थात ब्राजिल गोल गर्नबाट चुक्यो । अतिरिक्त ३० मिनेट थप भएर खेल चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?