काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टि शुटआउटमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी तथा थपिएको अतिरिक्त ३० मिनेटमा समान एकरएक गोल भएपछि खेल पेनाल्टि शुटआउटमा धकेलिएको हो ।
कतारस्थित एजुकेसन सिटी रंगशालामा जारी क्वार्टरफाइनल खेलमा क्रोएसियाले ब्राजिलविरुद्ध बराबरी गोल गरेको छ । खेलको १ सय १७ औँ मिनेटमा क्रोएसियाका ब्रुनोले गोल गर्दै टीमलाई १–१ को बराबरीमा ल्याएका हुन् । यसअघि खेलको १ सय ५ औँ मिनेटको इजु्री समयमा बजिलका लागि नेयमारले गोल गर्दै अग्रता लिएका थिए ।
ब्राजिल र क्रोएसियाबीचको ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । योसँगै नेयमारले लिजेन्ड पेलेको नाममा रहेको गोलसंख्याको रेकर्डमा बराबरी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया