काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि नेयमारले सन्यासको सोच बनाएका बताईएको छ ।
शुक्रबार राति क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो । हारपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा घोषणा गरिसकेका छन् ।
१८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका नेयमारले भने यस विषयमा सोच्ने बताएका छन् ।
‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’ नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया