‘ए’ डिभिजन लिग : आजबाट तेस्रो चरणको खेल शुरु हुँदै

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरु शुरु हुँदैछ । 

आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टोली ‘एनआरटी’सँग प्रतिस्पर्धा गर्दैछ । यी दुई क्लबबीचको खेल ११ बजेपछि शुरु हुनेछ । दुवै क्लबले एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ । च्यासल क्लब लिगको नवौ स्थानमा छ भने एनआरटी १० औँ स्थानमा छ ।

यसैबीच लिगको शीर्ष दुई स्थानमा रहेको  मनाङ मस्र्याङ्दी र थ्री-स्टार क्लबले आजको खेल आ–आफ्ले जित्ने दाबी गरेका छन् ।  लोकपथसँग कुरा गर्दै मनाङ–मस्र्याङ्दी र थ्री*स्टार क्लबका प्रशिक्षक सुमन श्रेष्ठ र मेघराज केसीले आजको खेल आफ्नै टोलीले जित्ने दाबी गरेका छन् । 

लिगको उपाधि दाबेदारका रुपमा हेरिएका यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेसमा दिउँसो २ बजेपछि शुरु हुनेछ । 

लिगको दोस्रो चरण सकिँदा थ्री-स्टार ६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । मनाङले समान ६ अंक नै बनाए पनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ‘थ्री-स्टार राम्रो टोली हो, हामी बराबरी जस्तै छौँ’, मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘हामी स्पष्ट तीन अंकका लागि खेल्नेछौँ’।

थ्री-स्टारविरुद्ध मैदान उत्रँदा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका पहिलो रोजाइका दुई खेलाडी घाइते छन् । कप्तान सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीको चोटले मनाङलाई अप्ठेरो परेको छ । 

प्रशिक्षक श्रेष्ठले थ्री-स्टारविरुद्ध खेल्ने रणनीतिमा समेत परिवर्तन गर्ने जित्ने दाबी गरे ।

 थ्री-स्टारका प्रशिक्षक केसीले आफ्नो टोलीले हार नरुचाउने बताउँदै जीत निकाल्ने दाबी गरे ।  ‘हामी जित्नका लागि नै खेल्छौँ, उनीहरूभन्दा बढी मेहेनत गरेर तीन अंक लिने छौँ’, उनले भने । तेस्रो चरणको खेल शनिवारसम्म चल्नेछ । 

लिगको उपाधि दाबेदारमध्ये बलिया दुई टोलीबीच पछिल्लो समय थ्री-स्टार मनाङमाथि हाबी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?