कतार पुन: विवादमा : समलिङ्गीको समर्थनमा जर्सी लगाएका अमेरिकी पत्रकारको हिरासतबाट रिहा भएपछि मृत्यु

लोकपथ
112
Shares

फिफा विश्वकप २०२२ फेरि एकपटक विवादमा परेको छ । प्रतियोगिता उद्घाटन हुनुअघि नै विभिन्न कारणले विवादमा परेको कतारमा एक अमेरिकी पत्रकारको मृत्यु भएसँगै फेरी एक पटक विवादमा तानिएको हो ।

कतारमा समलैंगिकता सम्बन्धी कडा कानुनको व्यव्स्था रहेको छ । यही कारणले फेरि कतार र फिफा विश्वकप विवादमा परेको छ । कतारमा एक अमेरिकी पत्रकारको मृत्यु भएको छ । मृतक पत्रकार ग्रान्ट वाहलले केही दिनअघि मात्रै समलिङ्गी समुदायलाई समर्थन गर्ने जर्सी लगाएका थिए । जर्सी लगाएर समर्थनमा उत्रिएपछि उनलाई कतारले हिरासतमा राखेको थियो । यो घटनाको केही दिनपछि उनको मृत्यु भयो ।

उनको मृत्युको धेरै अर्थ निकालिएको छ। यसै क्रममा उनकी श्रीमतीले आफूलाई ठूलो धक्का लागेको बताएकी छिन् ।
यद्यपी ग्रान्टको मृत्यु कसरी भयो भन्ने खुलाइएको छैन ।

ग्रान्टले इङ्ल्यान्डका स्टार खेलाडी डेभिड बेकह्याम अमेरिकामा स्टार बन्ने विषयमा एउटा पुस्तक लेखेका थिए । ग्रान्टद्वारा लिखित ‘दि ब्याकेम एक्सपेरिमेन्ट’ नामको यो पुस्तक धेरै लोकप्रिय भएको थियो।

अमेरिकी सकरले ग्रान्टको मृत्युको बारे बोलेको छ । , ‘हामीले ग्रान्ट वाहललाई गुमाएको थाहा पाउँदा सम्पूर्ण यूएस सकर (सकर) परिवार दु:खी छ।

के थियो विवाद ?

आफ्नो आठौं फिफा विश्वकप कभर गर्दै ग्रान्टले भनेका थिए कि वेल्स विरुद्धको अमेरिकको खेलमा उनलाई स्टेडियम भित्र जान दिइएको थिएन । किनभने उनको शर्टमा फुटबल कोरिएको थियो र वरिपरि इन्द्रेणी रंगको आकार थियो। (इन्द्रेणीका रङहरू समलिङ्गी समुदायका प्रतीक हाे) त्यसपछि उनलाई करिब ३० मिनेटसम्म हिरासतमा राखियो र पछि रिहा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?