ड्रोग्वाले लगाए २० वर्षे खेल जीवनमा पूर्ण विराम

एजेन्सी । आइभेरी कोस्ट तथा चेल्सीका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले सन्यास लिएको घोषणा गरेका छन् ।

इंग्लिस क्लब चेल्सीमा सबैभन्दा बढी समय क्लब फुटबलमा बिताएका उनले २० वर्षको खेल जीवनलाई पूर्ण विराम लगाएका हुन् ।  आइभेरी कोस्टका खेलाडी ड्रोग्बा गत डेढ वर्षदेखि अमेरिकाको फिनिक्स राइनिङमा बिताएका थिए । डोग्ब्राले भने, ‘अब नया युवा पुस्ताका खेलाडीलाई उत्कृष्ठ बनाउन योगदान दिनेछु’ । 

‘मैले मेरो २० वर्षको खेल जीवनलाई अन्त्य गरेको छु, आगामी दिनमा युवा प्रतिभाका विकासमा सहयोग गर्नेछु,’ उनले भने । 

फिनिक्स क्लबका पार्टनर समेत रहेका ड्रोग्बाले युनाइटेड सकर लिगको फाइनल पछि सन्यास लिने बताइएको थियो । ड्रोग्बाको टिम  लसभिलेसँग पराजित भएको थियो ।

‘मैले अहिलेसम्म सिकेको कुराहरु म नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छस’ उनले भने ।  २३ वर्षको उमेरसम्म कुनै पनि देशको शीर्ष डिभिजन लिग नखेलेका ड्रोग्बा सन् २००३ मा फ्रेन्च क्लब मार्सेमा आवद्ध भएका थिए । 

त्यसपछि उनी २४ मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भए । ८ वर्ष चेल्सीमा नै बिताएका उनले  चार प्रिमियर लिग, चार एफए कप, तीन लिग कप र एकच्याम्पियन्स लिगको उपाधि समेत दिलाए ।

इतिहासमा नै पहिलो पटक चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई जिताउन उनले महत्पपूर्ण योगदान दिएका थिए । उनले राष्ट्रिय टिमबाट भने १सय ५ खेल खेल्दै ६५ गोल गरेका थिए । उनले दुई पटक ‘अफ्रिकन फुटबलर अफ द इयर’ अवार्डबाट समेत सम्मानित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?