काठमाडौं । ‘ए’ डिभिजन क्लब मनाङ मस्याङदीले अफ्रिकन डिफेन्डर भिक्टोरलाई क्लबमा अनुबन्ध छ ।
दुई महत्वपूर्ण खेलाडीहरु घाइते भएको बेला मनाङले उनलाई क्लबमा भित्र्याएको हो । क्लबका महासचिव मुखिया लामाले डिफेन्स लाईनलाई सुधार गर्न भिक्टोरलाई क्लबमा भित्र्याएको जानकारी दिएका छन् ।
तर आज हुने थ्री-स्टार क्लबविरुद्धको खेल भने गुमाउने छन् । महासविच लामाले भिक्टोरको कागजी प्रक्रिया नमिलेनका कारण आज खेल नखेल्ने समेत बताए ।
यस अघि भिक्टोरले मनाङको जर्सी लगाएर सिक्किमा सम्पन्न गभर्नस गोल्डकपमा भने सहभागी थिए ।
अब भिक्टोरले डिफेन्डर विमल बस्नेतको स्थान लिनेछन् । बस्नेत यतिबेला व्यवसायीक फुटबल खेल्न अष्ट्रेलियामा छन् । भिक्टोरको अनुबन्धसँगै मनाङको विदेशी खेलाडीको ४ कोट पुरा भइसकेको छ ।
यसअघि मनाङले विदेशी कोटामा ओलावाले अफिज, एडिलाजा र मोहम्मद असिफललाई क्लबमा ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया