एजेन्सी । आयरल्याण्डका दुई प्रशिक्षकले टिम छाडेका छन् ।
जारी ‘युईएफए’ नेसन्स लिगमा खराब प्रर्दशन गर्दै आइरहेको आयरल्याण्डका मुख्य प्रशिक्षक मार्टिन ओनिल र सहायक प्रशिक्षक रोय केनले पदबाट राजिनामा दिएका हुन् ।
नेसन्स लिगमा आयरल्याण्ड रेलिगेसनमा परेपछि प्रशिक्षकद्धय ओनिल र केन टिम छाडेका हुन् । उनीहरुले दुवै जनाले आयरल्याण्ड फुटबल संघसँगको सहमतीमा नै प्रशिक्षक पदबाट राजिनामा दिएको बताइएको छ ।
नेसन्स लिगको ‘बी’ मा रहेको आयरल्याण्ड मात्र २ अंक जोडे्दै रेलिगेसनमा परेको थियो । गत मंगलवार राति सम्पन्न भएको खेलमा आयरल्याण्डले अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।
सन् २०१३ देखि दुवै प्रशिक्षकले टिम सम्हाल्दै आइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया