नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

लोकपथ
14
Shares

काठमाडौं । इस्लिङट्न कलेज लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

आज चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो ।

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो ।

जस अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुनेभएको छ । कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ । विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पुर्ण सहयोग गर्नेछ ।

सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्डलगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए ।

निकट भविश्यमा चार निकायको सहकार्यम थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्नेछौ– प्रमुख कार्यकारी अधिकृत एङगले बताए ।

इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । जस अन्तर्गत कलेजले विद्यार्थी परामर्श देखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धी गराउने व्यवस्था गर्ने लगायतको मुख्य भुमिका रहनेछ ।

इस्लिङट्न कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताए ।

उनले भने, हामी विदेशी कलेजमा व्यवस्थापन गरेर नेपालको शिक्षाा क्षेत्रमा मुख्य भुमिका खेल्न सफल भएका छौ , यो हाम्रो मात्र होइन मुलुकमै गर्व गर्ने विषय हो । यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्त्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मकोरूपमा माइ सेकेन्ड टिचरको प्रयोग गर्दैछ ।

माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने र तिनीहरूको असाइनमेन्टहरू पनि सोहि प्लेटफर्ममा वितरण गर्ने माइ सेकेण्ड टिचरका संस्थापक डाक्टर बेन्सन सुङले जानकारी दिए ।

अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकको पदपुर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ । सम्झौतापत्रमा आरभिआइ ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डक्टर बेन्सन सुङ , इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डाक्टर वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए ।

यसको आधिकारिक उद्घाटन दक्षिण एशिया भरिका धेरै विद्यार्थीहरूलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको प्रतिस्पर्धात्मक विजनेश पाठ्यक्रममा थप पहुँच दिनेछ र साथै इस्लिङट्न कलेजका उद्योग–अग्रणी संकाय र प्रशासनिक कार्यहरू विश्वव्यापी स्तरमा दोहोरिने माध्यम प्रदान गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डाक्टर बेन्डीले नेपालमा उत्कृष्ठ शिक्षा दिन सफल इस्लिङट्न कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?