‘ए’ डिभिजन लिग : च्यासलको पहिलो जीत, एनआरटी स्तब्ध

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा च्यासल युथ क्लबले पहिलो जीत दर्ता गरेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल क्लबले न्युरोडि क्लबमाथि ५-१ गोालको शानदार जीत दर्ता गरेको हो । खेलको १४ औँ मिनेटमा च्यासलका लागि अमिर श्रेष्ठले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

एनआरटीलाई दवावमा राख्दै खेल खेलेको च्यासलका लागि २९ औँ मिनेटमा पुनः श्रेष्ठले दोस्रो गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

दोस्रो हाफमा दुई गोल गरेको च्यासलले दोस्रो हाफमा भने तीन गोल थप्यो । खेलको ५६ औँ मिनेटमा सन्जोक राईले दिएको क्रसलाई बिमल घर्तीमगरले हेडमार्फत तेस्रो गोल गरे । जारी लिगमा बिमलले गरेको यो पहिलो गोल हो ।

एक पक्षिय रहेको खेलको ६३ औँ मिनेटमा सन्तोष साहुखलले गोल गरे । विगत लामो समयदेखि नेपाली फुटबलबाट टाढा रहेका सन्तोषले उत्कृष्ट गोल गरे । उनी ‘ए’ डिभिजन लिग खेल्न कै लागि जापानबाट नेपाल आएका हुन् ।

खेल सकिनै लाग्दा बिमलले व्यक्तिगत दोस्रो तथा क्लबका लागि पाँचौ गोल गरे । यता एनआरटीका लागि भने मोसुद अब्बोलाले एक मात्र सान्त्वना गोल फर्काएका थिए । 

जितपछि च्यासलले ३ खेलबाट ४ अंक बनाएको छ । त्यस्तै आजै मनाङ मस्याङदी क्लबले थ्री-स्टार क्लबको सामना गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?