काठमाडाैं । भारत र पाकिस्तानबीचको सम्बन्धबारे सबैलाई थाहा नै छ । दुवै देशमा धेरै फिल्म र सिरिजहरु बन्ने गरेका छन् । तर पाकिस्तानी वेब सिरिज ‘सेवक द कन्फेशन’ चर्चामा रहेको छ ।
चर्चामा रहेको वेब सिरिज ‘सेवक द कन्फेशन’ले ट्विटरमा निकै हंगामा मच्चाएको छ । हंगामा मच्चिनुको कारण धर्मसँग जोडिएको छ । वेब सिरिजमा हिन्दुविरुद्धको प्रचारभएको आरोप लागाइएको छ ।
पाकिस्तानी वेब सिरिज ‘सेवक द कन्फेशन’ २६ नोभेम्बरमा रिलिज भएको थियो, जसका एपिसोडहरू युट्युबमा उपलब्ध छन्। अन्जुम शहजादद्वारा निर्देशित यो सिरिजलाई लिएर मानिसहरु आक्रोशित छन् ।
https://t.co/WumBBlJ7AT just released the first action-packed Teaser of their original web series, Sevak – The Confessions based on true events.
Audiences can watch the series on the https://t.co/WumBBlJ7AT app (iOS, Android, Apple TV) or the web at https://t.co/NUMQhGgjUf pic.twitter.com/5twy5Nqeag
— Vidly (@Vidlytv) November 11, 2022
मानिसहरूको आरोप छ कि यो पूर्ण प्रचार हो, जसमा हिन्दूहरूको गलत छवि प्रस्तुत गर्ने प्रयास गरिएको छ। यसको ट्रेलरमा हिन्दू सन्तहरूलाई गलत रूपमा प्रस्तुत गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया