डेब्यू फिल्ममै बोल्डनेसले चर्चा कमाएका यी नायिका जो अहिले गुमनाम छन्

लोकपथ
217
Shares

बलिउड इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन त्यती सहज पक्कै छैन । लोकप्रियता कमाएपछि स्टारडम कायम राख्नु पनि ठूलो चुनौतीको विषय हो । फिल्ममा कथा अनुसार बोल्ड दृश्यको पनि माग हुन्छ र कतिपय अभिनेत्रीहरु बोल्ड दृश्यका कारण चर्चामा आउने गर्छन् ।

यस्ता कैयौं अभिनेत्री छन् जसले आफ्नो प्रारम्भिक फिल्ममा निकै बोल्ड सीन दिएर धेरै लाइम लाइट पाए तर यी सबैको बावजुद उनीहरुको करियर बिस्तारै समाप्त हुँदै गयो ।

आज हामी यस्ता अभिनेत्रीहरुको चर्चा गर्ने छौं जसले बोल्डनेसका कारण निकै चर्चा कमाएपनि पछि गुमनाम भए ।

उदिता गोस्वामी : 

अभिनेत्री उदिता गोस्वामीले फिल्म ‘पाप’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाट नै गोस्वामीले निक चर्चा पाइन् । उनको अभिनय दर्शकहरुले रुचाएका थिए ।

उदिता गोस्वामी

त्यसपछि उनले इमरान हाश्मीसँग फिल्म ‘जेहर’ र ‘अक्सर’ फिल्ममा काम गरिन् । उक्त फिल्मले पनि निकै चर्चा पाएको थियो । करियरको शुरुवातमा निकै चर्चा कमाएकी उदिताले केही फिल्ममा मात्र काम गरेकी थिइन् र बिस्तारै उद्योगबाट टाढा भइन् । उनले सन् २०१३ मा निर्देशक मोहित सुरीसँग विवाह गरेकी थिइन् ।

मल्लिका शेरावत : 

बलिउडका बोल्ड अभिनेत्रीहरूको बारेमा कुरा गर्दा मल्लिकाको नाम पनि सँगै जोडिने गरेको छ । मल्लिकाले सन् २०२२ मा फिल्म ‘जीना सिर्फ मेरे लिए’ बाट आफ्नो करियर शुरुवात गरेकी थिइन् तर यसमा उनी साइड रोलमा थिइन् । उनी सन् २००३ मा फिल्म ‘ख्वाहिश’ मा मुख्य भूमिकामा देखा परेकी थिइन् ।

आरके फिल्म में मल्लिका शेरावत

तर फिल्म ‘मर्डर’ मा काम गरेपछि उनले आफ्नो बोल्डनेसका कारण धेरै चर्चामा आइन् । त्यसपछि उनलाई प्रायजसो यस्तै दृश्यको अफर आउन थाल्यो । लामो समय इन्डस्ट्रीमा काम गरेपछि आज मल्लिका पनि विरलै देखिने अभिनेत्री मध्येकी एक हुन् ।

शमिता शेट्टी :

फिल्म मोहब्बतेंबाट डेब्यु गरेकी शमिता शेट्टीले पनि आफ्नो पहिलो फिल्ममा बोल्ड र ग्ल्यामरस केटीको भूमिकाबाट मानिसको मनमा धेरै ठाउँ बनाएकी थिइन् ।

शमिता शेट्टी

उनको गीत शरारा शरारा निकै लोकप्रिय भएको थियो । हाल शमिता शेट्टी इन्टेरियर डिजाइनरको रुपमा काम गरिरहेकी छिन् ।

कोइना मित्रा :

यदि तपाईंले सञ्जय दत्तको फिल्म ‘मुसाफिर’ को ‘साकी साकी’गीत हेर्नुभएको छ भने, तपाईंले अभिनेत्री कोइना मित्रालाई पक्कै भुल्नु भएको छैन होला ।

कोइना मित्रा

यसपछि उनी केही फिल्ममा पनि देखा परिन्, तर निकै चर्चित भएपछि पनि कोइना मित्राको करियरले अभिनयलाई सँगै लिएर हिड्न भने सकिनन् ।

शर्लिन चोपडा :

‘टाइमपास’ र ‘रेड स्वस्तिक’ जस्तो फिल्ममा काम गरिसकेकी अभिनेत्री शर्लिन चोपडाले पनि पर्दामा बोल्ड सिन दिएकी थिइन् । उनले दर्शकमाझ स्थान बनाउन सकेकी छैनन् ।

शर्लिन चोपड़ा

नायिका अहिले पनि लाइमलाइटमा रहेपनि कामका कारण नभई आफ्नो व्यक्तिगत जीवनका कारण उनी बारम्बार चर्चामा आउने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?