काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डाक्टर उपेन्द्र महतोले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंकको मंसिर १२ गते सोमवार बसेको चार सय ७२ औँ सञ्चालक समितिको बैठकले डाक्टर महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया