फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने

लोकपथ
819
Shares

काठमाडौं । फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत भएको दोस्रो क्वाटरफाइनल खेलमा अनुशासन उल्लंगन गरेको कारण देखाउँदै दुवै टोलीलाई कारबाही गर्न लागेको जनाएको हो ।

फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने बुझिएको छ । तर, हालसम्म भने कुनैपनि किसिमको जरिवाना रकम तोकिसकिएको छैन । दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने बताईएको छ ।

विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिडेका थिए । तनावपूर्ण बनेको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो ।

त्यस खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए।

यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो। अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा १७ जनाले पहेलो कार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?