काठमाडौं । फिफाले कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको छ । एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो ।
अल हिल्म बलमा यसअघिका बलमा प्रयोग भएका प्रविधिको प्रयोग गरिएको छ । कतार विश्वकपमा फ्रान्स, क्रोएसिया, मोरोक्को र अर्जेन्टिनाले समीफाइनलमा आफ्नो स्थान बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया