काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ‘शुक्रवार’ तीन वटा खेल हुँदैछन् ।
आज ‘शुक्रवार’ हुने पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरीको ‘एपिएफ’को सामना गर्दैछ । तयस्तै, आजै हुने अर्को खेलमा दुई विभागिय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस आमने-सामने हुँदैछन् ।
यता हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच तेस्रो खेल हुँदैछ ।
ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अंक तालिकाको पुछारमा छ । एपिएफ भने एकमा जित र एकमा बराबरी गर्दै ४ अंकका साथ लिगको सातौं स्थानमा छ ।
आर्मी अघिल्ला दुई खेलमा जित निकाल्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने नेपाल पुलिस एक जित र एकमा बराबरी गदै ४ अंकका साथ चौथो स्थानमा छ ।
त्यस्तै मछिन्द्र क्लबले एक खेलमा जित र एकमा बराबरीका गर्दै ४ अंकका साथ छैटौँ स्थानमा छ । समान ४ अंक नै बनाएको संकटा क्लब भने लिगको पाँचौ स्थानमा छ । ९ अंकका साथ मनाङ मस्याङदी क्लब लिगको शिर्ष स्थानमा छ ।
लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ‘एनआरटी’, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।
राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।
लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख तथा तेस्रो हुने क्लबले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया