एजेन्सी । दक्षिण कोरियाका ७५ वर्षिय पादरी ली जा रकले आफ्ना आठ जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा जेल सजाय सुनाइएको छ ।
उनलाई १५ वर्षको जेल सजाय सुनाइएको हो ।
आफुमा दैवी शक्ति रहेको भन्दै पादरीले घृणित कार्य गरेको पीडितहरुको दाबी छ । तर पादरी लीले भने आरोप अस्वीकार गरेका छन् ।
आठ जना महिलाले पादरीविरुद्ध आपराधिक मुद्धा दर्ता गरेपछि उनी गत मे महिनामा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया