एजेन्सी । इंग्ल्याण्ड र अस्ट्रेलिया महिला विश्वकप क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् ।
बिहीवार राति सम्पन्न भएको खेल सेमिफाइनल खेलमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियासँगको भेट पक्का गरेको हो । १ सय १३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इंग्ल्याण्डले १७ बल अगावै मात्र २ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग–यो ।
इंग्ल्याण्डको लागि एमी जोन्सले ५३ रन तथा नेटली साईवरले ५२ रनको अविजित पारी खेले ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सबै विकेटको क्षतीमा १ सय १२ रनको योगफल तयार पारेको थियो । भारतको लागि स्मृति मन्दनाले सबैभन्दा बढि ३४ रन जोडिन ।
इंग्ल्याण्डको लागि नेटली साईवरले सर्वाधिक ३ विकेट लिन सफल भइन् । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया