काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भन्दै विवादास्पद भाषण गर्ने भारतीय कांग्रेसका एक नेतालाई पक्राउ गरिएको छ । उक्साहटयुक्त भाषण गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरियालाई मंगलबार पक्राउ गरिएको हो ।
सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए । उनले बोलेको उक्त भिडियो भाइरल बनेको थियो । एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ ।
संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस्,’ भनेका थिए । उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो ।
मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले टिप्पणीको निन्दा गर्दै कांग्रेस नेता राहुल गान्धीको समेत विरोध गरे । ‘भारत जोडो यात्राको नाटक गर्नेहरूको वास्तविक अनुहार बाहिर आउँदैछ’ उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया