काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेट ब्वाइज क्लबले पहिलो जीत हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको पहिलो खेलमा ब्रिगेट ब्वाइज क्लबले शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा महत्वपूर्ण ३ अंक जोडेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफपछि ब्रिगेट ब्वाइजलाई दवावमा राख्दै एपिएफले गोल ग-यो । खेलको ६१ औँ मिनेटमा रुप बहादुर थापाले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको ६४ औँ मिनेटमा ब्रिगेटका मनोज राईले गोल गर्दै खेललाई १-१ को स्थितीमा ल्याए । खेलको ६९ औँ मिनेटमा ताजुदिन एदुलिनले गोल गोल गरे । ७५ औँ मिनेटमा काजिम एडेलजोकले गोल गरे ।
एक पक्षिय रहेको खेलको ८९ औँ मिनेटमा विश्वास उदास रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सिमित भएको थियो ।
निर्धारित समयसम्म एपीएफले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल ३१ ले हा-यो । जीतपछि ब्रिगेट व्वाइजले तीन खेलबाट ३ अंक जोडेको छ । यसअघि ब्रिगटले खेलेको दुवै खेलमा हार बेहोरेको थियो ।
खेल प्रश्चान पत्रकारहरुसँग कुरा गर्दै ब्रिगेट ब्वाइज क्लबका प्रशिक्षक उज्जन श्रेष्ठले लिगमा पाएको पहिलो जीतले खुशी दिएको बताए ।
‘मेरो प्रशिक्षक जीवनमा यो नै पहिलो जीत हो, यसले पक्कै पनि खुशी दिएको छ, म क्लबका सबै खेलाडी तथा पदाधिकारीहरुलाई धन्यवाद दिन चाहान्छु’ उनले भने ।
‘हामीले पहिलो र दोस्रो चरणको खेलमा लिगको दावेदार टिमसँग प्रतिस्पर्धा गरेको थियो, त्यसै खेलले केही हदसम्म भएपनि हाम्रो खेलाडीहरुले खेललाई सुधार्ने मौका पायो र आज जीत पनि हात पा-यो’, उनले थपे ।
यता एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले आजको खेल खराब रहेको जानकारी दिए ।
‘ब्रिगेट ब्वाइजविरुद्धको खेल मेरो टिमले नराम्रो खेलेको म स्विकार गर्छु, आशा गरौं आउँदो खेलमा उत्कृष्ट खेल्नेछौँ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया