काठमाडौं । दर्शकले रुचाएको गीत ‘नाच फिरिरी’ ले युट्युबमा तीन करोड भ्युज पाएको उपलक्ष्यमा सेलिब्रेसन गरेको छ । निर्माण टिमले युट्युबमा भ्युज पार गरेको भन्दै सेलिब्रेसन गरेको हो ।
कार्यक्रममा महेश काफ्ले, स्वस्तिमा खड्का, महेश काफ्ले, स्वस्तिमा खड्का, आसिफ शाह लगायत उपस्थित थिए । निर्माण टिमले केक काटेर खुशियाली मनाउँदै दर्शकलाई धन्यवाद समेत दिएको थियो ।
उक्त चर्चित गीतमा अभिनय गरेकी नायिका स्वस्तिमा खड्काले टिमको मेहनत दर्शकलाई चित्त बुझेकोले गीत हिट भएको बताइन् । यस्तै गायक महेश काफ्लेले पनि गीत दर्शकले रुचाएकोमा दर्शकलाई धन्यवाद दिए ।
गीतमा गायक काफ्लेले नै शब्द तथा संगीत भरेका छन् । गीतको संयोजनमा रिकेश गुरुङ छन् भने मेलिना राईको पनि गीतमा आवाज दिएकी छिन् ।
भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायांकन रहेको छ भने भिडियोमा लोकेश बज्रचार्यको सम्पादन देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया