काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो ।
सेमीफाइनलको खेलमा अर्जेन्टिनाका मेस्सीले एक गोल गरेसँगै उनी गोल्डेन बुटको दाबेदार खेलाडीमा परेका छन् । उनले फ्रान्सका केलियन एमबाप्पेसँग गोल संख्या बराबरी गरेका छन् ।
एमबाप्पे र मेस्सीले कतार विश्वकपमा ५ गोल गरिसकेका छन् ।
को-को छन् गोल्डेन बुटको दाबेदार ?
१) केलियन एमबाप्पे -५ गोल
२) लियोनल मेस्सी -५ गोल
३) ओलिभर जेरुड – ४ गोल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया