फ्रान्स र मोरक्को भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
147
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता फ्रान्स र मोरक्को भिड्दै छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

फ्रान्स र मोरक्को दुवै टोली एक अर्कालाई हराएर फाइनल पुग्ने दाउमा रहेका छन् । फ्रान्स र मोरक्कोमध्येको विजेताले फाइनलमा अर्जेन्टिनासँग भिड्ने छ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?