काठमाडौं । भक्तपुरमा सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी शुरु भएको छ ।
भक्तपुरको सल्लाघारी मैदानमा शुरु भएको ‘सिआईआई कन्म्याक प्रदर्शनी २०१८’ को उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र घुविर महासेठले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महासेठले देशको विकासका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता भएको र यसकालागि नयाँ निर्माण प्रविधिको आवश्यकता पर्ने बताए।
मन्त्री महासेठले अबको करिव चार वर्षमा मुलुकको पूर्वाधार विकासमा कायापलट ल्याउने दावी गरे। समृद्ध ‘नेपाल–खुशी नेपाली’ भन्ने नारालाई साकार पार्न सरकार यो अभियानमा लागेको उनले बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतले नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल निर्माणका लागि भक्तपुर क्षेत्रमा २ सय रोपनी जग्गा उपलब्घ गराउन आफू तयार रहेको बताए ।
‘कन्म्याक नेपाल २०१८’का अध्यक्ष अरविन्दके गर्गले नेपाल भारतबीच प्रगाढ आर्थिक एवं साँस्कृतिक सम्वन्ध रहेको उल्लेख गर्दै नेपालको उन्नति र प्रगतिमा भारतीय ब्यवसायीको साथ र सहयोग निरन्तर हुने प्रतिवद्धता जनाए।
समृद्ध नेपालको निर्माणकालागि यहाँ पुर्वाधार विकासका लागि सडक, पुल, विद्युत जस्ता क्षेत्रमा बिशेष ध्यान दिन जरुरी रहेको धारणो राखे ।
भारतीय उद्योग संघ ‘सीआईआई’को अयोजनामा नेपालको सबै भन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सीआईओ कन्म्याक’ को आयोजना भएको हो। तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकले १५ हजार वर्गफिट क्षेत्रफलमा प्रदर्शनीको आयोजना गरेको आयोेजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया