सानो भूगोलको कतारले फाइनलमा कसरी गर्दैछ ठूलो संख्याका फुटबलप्रेमीको व्यवस्थापन ?

हालसम्म फिफा विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्र हो कतार । कतारले विश्वकपमा विश्वभरबाट लाखौं पाहुनाको ठूलो संख्यालाई स्वागत गरिरहेको छ ।

खाडी राष्ट्रले विश्वकपको अवधिमा १० लाखभन्दा बढी फ्यान दोहा घुम्न जाने अनुमान गरेको छ । जुन कतारको जनसंख्याको ३७ प्रतिशत हो । कतार देशको आकार लगभग ४ हजार चार सय स्क्वायर माइल रहेको छ ।

अघिल्ला विश्वकपहरुमा आयोजक राष्ट्रहरूले यातायात र आवासको व्यवस्थापन गर्न चुकेका समाचारहरु आएको थियो तर सानो राष्ट्र भएकाले कतारमा यात्रुहरुलाई यात्रा गर्न सहज भएपनि चुनौतीहरू भने प्रशस्त छन् ।

कतारमा उपयुक्त आवासको अभाव र मूल्य निर्धारणमा पनि समस्या भएको रिपोर्टहरू विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । उदाहरणका लागि प्रतियोगिताको पहिलो दिनमा नै २१ विभिन्न अनलाइन ट्राभल एजेन्सीबाट आवासको प्रबन्ध मिलाइएको थियो । तर पहिलो दिनमा १ हजार डलरमा खुलाइएको बुकिङ बढाएर अहिले ५१ हजार डलरसम्म बनाइएको छ ।

adidas Unveils the World Cup Qatar Finals Ball | Hypebeast

२००६ को रिपोर्टहरूले जर्मनीले विश्वकपको आयोजना गर्दा बर्लिन र फ्रान्कफर्टमा होटलको मूल्य बढी भएको दाबी गरेको थियो । २०१० संस्करण आयोजना गर्नुअघि, दक्षिण अफ्रिका अघिल्ला संस्करणको मूल्यबाट त्रसितसमेत भएको थियो । दक्षिण अफ्रिकाका होटलहरूले विश्वकप अवधिमा मूल्यवृद्धि गरेको आरोप पनि लगाइएको थियो ।

मूल्य निर्धारण बारे के भन्छ कतार ?

‘हाम्रो उद्देश्य सधैं भ्रमण गर्ने प्रशंसकहरूका लागि उचित मूल्य उपलब्ध गराउनु रहेको छ’, कतारको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीका प्रवक्ताले भनेका छन् । ‘हामी सबै प्रकारका आवासहरूमा मूल्य निर्धारण सुनिश्चित गर्न मुख्य सरोकारवालाहरूसँग मिलेर काम गर्छौं’ उनले थपे ।

त्यस्तै ब्राजिलमा २०१४ को विश्वकपमा आवासका लागि निकै समस्या उत्पन्न भएको थियो । अपेक्षाभन्दा धेरै फुटबल समर्थक फुटबल हेर्न आएपछि उक्त समस्या सृजना भएको थियो । उक्त समयमा ब्राजिलको फाभेला बस्तीका बासिन्दाहरूले आफ्ना घर र कोठाहरू भाडामा लगाएका थिए ।

कतारले लाखौं फुटबल प्रशंसकका लागि फाइनलमा कस्तो व्यवस्था गरेको छ ?

लक्जरी क्रुज जहाजहरू 

विश्वकपका लागि दोहाको बन्दरगाहमा दुईवटा लक्जरी क्रुज जहाज राखिएका छन् । क्रुज जहाज बीचमा नौ स्वीमिङ पुल रहेको छन् । क्रुजमा ३,८९८ क्याबिन छन् । जहाँ हजारौंका संख्यामा मानिस बस्न सक्ने छन् । त्यस्तै उक्त क्रुजमा ४५ बार रहेका छन् । विश्वकप हेर्न कतार पुगेका फ्यानले विश्वकपसँगै क्रुजको पनि मजा लिन सक्नेछन् ।


जहाजहरू दोहामै रहेकाले शटल बसमा चढेर १० मिनेटमा नै जहाजमा पुग्न सकिने छ । तर एउटा विशाल क्रुजमा बस्न भने पक्कै सस्तो हुने छैन । यी क्रुजमा सवार हुन एक रातको ६०५ देखि २,७९९ डलरसम्मको प्याकेज रहेको छ ।

अपार्टमेन्ट र भिल्ला

कतार एकोमोडेसन एजेन्सीले फाइनलका लागि १ लाखदेखि १ लाख ३० हजार कोठाको व्यवस्था गरिएको बताएको छ । यी अपार्टमेन्ट र भिल्लामा सार्वजनिक यातायातद्वारा सहजै पुग्न सकिन्छ ।

यी अपार्टमेन्ट र भिल्लामा भान्सा, वाशिंग मेशिन, स्वीमिङ पुल र जिम पनि रहेका छन् । यहाँ बस्नलाई एक रातको ८४ देखि ८७५ डलर तोकिएको छ ।

फ्यान भिलेज

कतारमा फ्यान भिलेजको पनि व्यवस्था गरिएको छ । फ्यान भिलेजमा फुटबल फ्यानहरुले बस्न खान सक्ने गरी व्यवस्था मिलाइएको छ । फ्यान भिलेजमा बस्नका लागि एक रातको २ सय ७ डलर तोकिएको छ ।

उक्त भिलेज दोहा एअरपोर्टबाट २५ माइलको दुरीमा रहेको छ । भिलेजमा धेरै खानाका परिकार र मनोरन्जन विकल्प उपलब्ध हुनेछन् ।

डिजर्ट क्याम्पिङ

कतारमा फ्यानका लागि डिजर्ट क्याम्पिङको पनि व्यवस्था मिलाइएको छ । डिजर्ट क्याम्पिङमा एक हजार जनालाई अट्ने गरी व्यवस्था मिलाइएको छ ।

यी एक हजार मध्ये २०० जनालाई लग्जरीसहितको व्यवस्था मिलाइएको छ । साधरणका लागि र लग्जरीका लागि छुट्टा छुट्टै पैसा लाग्ने छ ।

दुबईमा समेत व्यवस्था

कतारले फुटबल फ्यानको संख्यालाई मध्ये नजर गदै देशमा फ्यानहरुलाई सुत्ने व्यवस्था मिलाउन नसेकेमा दुबई, कुवेत र रियादका लैजाने प्रवन्धसमेत मिलाएको छ ।

कतार एयरवेजले मे मा दुबई, कुवेत, मस्कट र रियादका फ्यानहरुलाई सुपथ मूल्यमा दैनिक १६० अतिरिक्त फिर्ता उडान गर्न साझेदारी गरिसकेको छ ।

फर्कन चाहनेहरुको विमानस्थलमा कुनै सामान चेक जाँच नगरिनेसम्मको व्यवस्था मिलाइएको छ । प्रशंसकहरूलाई एयरपोर्टदेखि स्टेडियमहरूमा लैजानका लागि यातायात सेवाहरू उपलब्ध गराइनेछ ।

रियाद, दुबई र अबुधाबी जस्ता शहरहरूबाट ड्राइभ गर्न सम्भव हुनेछ, किनभने करिब सात घण्टा गाडीमा सवार भएर फुटबल स्टेडियममा पुग्न सकिने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?