फ्रान्स भर्सेस मोरक्को : हालसम्म भएको ११ भेटमा के-के भयो ?

लोकपथ
903
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज फ्रान्स र मोरक्को आमने सामने हुँदै छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

साविक विजेता फ्रान्स र पहिलोपटक सेमी फाइनलसम्मको यात्रा तय गरेको मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा मदान उत्रदै छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग विश्वकप उपाधिका लागि भिड्ने छ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

हेड टु हेड 

फ्रान्स र मोरक्कोको विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो यसअघि यी दुवै टोलीको विश्वकपमा भेट भने भएको छैन । तर, दुई टोलीको मैत्रीपूर्ण खेलमा ११ पटक भेट भएको छ । भएको कूल ११ भेटमा फ्रान्सले ७ खेलमा जित हात पारेको छ । मोरक्कोले १ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ ।

शुरुआती-११

फ्रान्स : ह्युगो लोरिस, जुल्स कुन्डे, राफेल भाराने, डेओट उपमेकानो, थियो हर्नान्डेज, अरुलिन चुवामेनी, एड्रिन राबीओट, उस्माने डेम्बेले, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जेरुड

मोरक्को : यासिन बोनोउ, आच्रफ हाकिमी, जावाद एल यामिक, रोमैन सैस, याह्या अत्टियट अल्लाह, एजेदिन ओनाही, सोफयान अम्राबत, सेलिम अमल्लाह, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

प्लेयर्स टु वाच :

फ्रान्स : ओलिभर जेरुड
मोरक्को : हाकिम जिएच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?