हिमालयन बैंकद्वारा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मंसिर २३ गते शुक्रवार र पाख्रिवास नगरपालिकामा यही मंसिर २४ गते शनिवार वित्तिय साक्षरताa कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । सो वित्तिय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको थियो ।

बैंकको उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमममा सहभागीहरुलाई बैंक, वित्तिय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।

बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जिवन कुमार लिंग्थेप प्रमुख अतिथिकारुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए । यसैगरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?