फाइनलमा स्थान बनाउन फ्रान्स र मोरक्को भिड्दै (किकअफ)

लोकपथ
56
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्स र मोरक्को भिड्दै छन् । साविकको विजेता फ्रान्स र पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्को एक अर्कालाई हराएर फाइनलमा पुग्ने दाउमा मैदानमा उत्रिएका हुन् ।

खेल कतारको अल बायत स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजेबाट शुरु भएको छ । आज जित्ने टोलीले पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोलले हराएको अर्जेन्टिनासँग विश्व विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, आज पराजित हुने टोलीले तेस्रो स्थानका लागि क्रोएसियासँग खेल्ने छ । फ्रान्सविरुद्धको खेलमा मोरक्कोले ५ जना डिफेन्डरलाई टिममा स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?