काठमाडौं : फोर्ब्स सूचीका नेपाली अर्बपति विनोद चाैधरीले कजाकिस्तानमा वाइवाइ चाउचाउ उत्पादन गर्ने भएका छन् । चाउचाउ उत्पादनका लागि चाैधरीले १५ मिलियन अमेरिकी डलर (१ अर्ब ६८ करोड रूपैयाँ) मा नयाँ प्लान्ट (उत्पादन गर्ने उद्योग) खरिद गरेका हुन् ।
कजाकिस्तानमा उत्पादन थालेपछि वाइवाइ चाउचाउ मध्यएसियाली बजारमा समेत फैलने छ । हाल भारतीय चाउचाउ बजारको २८% हिस्सा अोगटिसकेको वाइवाइ चाउचाउको नेपाली बजार हिस्सा ४५% छ ।
चाैधरी ग्रुपअन्तर्गतको सिजी फुड्सका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले अब वाइवाइको स्वाद मध्य एसियाली बजारमा विस्तार गरिने बताए । कजाकिस्तानमा जडान हुँदै गरेको प्लान्टसँगै चाैधरी ग्रुपले वाइवाइ चाउचाउ उत्पादन गर्ने उद्योगको संख्या १८ वटा पु-याएको छ ।
अन्तर्राष्ट्रिय चाउचाउ बजारमा वाइवाइले २% हिस्सा अोगटिरहेको छ । मध्यएसियाली बजारमा समेत यो चाउचाउ उत्पादन थालेपछि बजार हिस्सा बढ्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया