काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समकालीन हुन् । दुबैले विद्यार्थीकालदेखि सँगसँगै राजनीति गरेका छन् । यद्यपि, देउवा कांग्रेसमा नेता उत्पादन गर्ने नर्सरी मानिएको नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष बन्दा पौडेलले उक्त मौका पाउन सकेनन् ।
जबकी पौडेल स्वयं पनि उक्त पदका आकांक्षी थिए । यी दुई बाहेक २०२८ सालमा नेविसंघको अध्यक्ष बन्न अर्जुननरसिंह केसी र शिवबहादुर खड्काले पनि चाहना गरेका थिए । तर पहिलेदेखि हिसाब मिलानको राजनीति गर्न खप्पिस देउवाले कांग्रेस सभापति बीपी कोइरालासमेतको समर्थन जुटाएर अध्यक्ष बन्न सफल भएका थिए ।
पार्टीभित्र भने दुबै संस्थापक नेता बीपी कोइरालाले रुचाएका व्यक्ति हुन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको प्रेम पाउँदा दुबैले गिरिजाप्रसाद कोइरालाको स्कूलिङ प्राप्त गरेका थिए । यद्यपि, कोइरालाबाट अलिक बढी अवसर पाउने र द्वन्द्व गर्नेमा पनि देउवा अगाडी देखिए । सर्वोच्च नेता गणेशमान सिंहको दृष्टिकोण भने दुबैप्रति उस्तै रहेको दुबैलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
देउवाविरुद्ध दलको नेतामा उठ्न नेतृ शैलजा आचार्यले इच्छा देखाएको भएपनि अन्तिममा मामा कोइरालाले देउवालाई समर्थन गर्दा उनले अवसर पाइनन् । त्यहीँबाट देउवाले पौडेललाई निकै पछि पारे र छलाङ हान्न थाले । एमालेको अल्पमतको सरकार गिरेपछि संसदीय दलको नेताको हैसियतमा देउवा सदनमा रहेका अरु साना दलका सांसदलाई जोडेर प्रधानमन्त्री बन्न सफल भए । जबकी संसदीय दलको नेता बन्न नपाएका पौडेल भने सभामुखमा सीमित रहे ।
किशुनजीको अनुकम्पाले देउवाले पञ्चायतकालमै पनि बेलायत पुगेर लण्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गर्ने मौका पाए भने पौडेलले उक्त अवसर पाउन सकेनन् । मूलतः दुबै नेताले राजकीय लाभ भने २०४६ को बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पाएका हुन् । त्यसअघि दुबै नेतालाई संगठनप्रति इमान र लगन भएकाको रुपमा लिइन्थ्यो ।
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिक सरकारमा दुबैले स्थान नपाउँदा २०४८ सालको आमनिर्वाचनपछि बनेको सरकारमा भने दुबै मन्त्री बनेर सत्ता राजनीतिमा उक्लिए । देउवाले गृह मन्त्रालय सम्हाल्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पौडेलको भागमा सामान्य प्रशासन मन्त्रालय थमाइदिए ।
नेविसंघको अध्यक्ष बन्ने समयदेखि अघि लागेका देउवा बहुदलपछि बनेको सरकारमा पनि राम्रो अवसर पाउनेमा पौडेललाई उछिन्दै अगाढी बढे । आफ्नै सांसदको अनुपस्थितिले नीति तथा कार्यक्रम पारित नभएपछि कांग्रेसमा छत्तीसे र चौहत्तरेको समूह देखा पर्याे । कोइरालाले गरेको एकलौटीप्रति इखिएका नेता भट्टराईले छत्तीसे समूहलाई खुलेर समर्थन गर्दा यी दुईले भने भित्रभित्रै किशुनजीको कदममा होमा हो मिलाएको दाबी दुबै नेता निकटहरु बताउँछन् ।
यस पटक त उक्त गुन तिर्लान् कि भन्ने आशाको घैटो बोकेर पौडेलले देउवालाई दुई पटकको भेटमा मुखै फोरेर अब मेरो पालो प्रधानमन्त्री बन्ने, सघाउनुस् भनिसके । तर देउवाले पख्नुस् पख्नुस् भन्दै अल्झाइरहेका छन् । आफू नभए प्रधानमन्त्री माओवादीलाई दिएर राष्ट्रपति बन्नुपर्ने सुझाव देउवालाई उनका निकटहरुले बारम्बार दिइरहेका सन्दर्भमा पौडेललाई प्रधानमन्त्रीको लोभ केटाकेटीलाई ललिपप सिवाय केही बन्ला जस्तो देखिन्न ।
यद्यपि, दुबै नेता कोइरालाको पक्ष अर्थात् चौहत्तरेमा देखिएका थिए । तर पछि संसद भंग गरेर गराएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्न पुग्यो । कोइरालाको विरुद्धमा देउवालाई संसदीय दलको नेतामा प्रतिष्पर्धा गराउने रणनीति किशुनजीले बनाएपछि गिरिजाप्रसादले आफ्नो प्रतिष्पर्धी देउवा र पौडेलहरु नभएको भन्दै नउठ्ने बताए ।
देउवाविरुद्ध दलको नेतामा उठ्न नेतृ शैलजा आचार्यले इच्छा देखाएको भएपनि अन्तिममा मामा कोइरालाले देउवालाई समर्थन गर्दा उनले अवसर पाइनन् । त्यहीँबाट देउवाले पौडेललाई निकै पछि पारे र छलाङ हान्न थाले । एमालेको अल्पमतको सरकार गिरेपछि संसदीय दलको नेताको हैसियतमा देउवा सदनमा रहेका अरु साना दलका सांसदलाई जोडेर प्रधानमन्त्री बन्न सफल भए । जबकी संसदीय दलको नेता बन्न नपाएका पौडेल भने सभामुखमा सीमित रहे ।
त्यसयता देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बनिसके तर पौडेल एक पटक पनि उक्त पदमा पुग्न नपाएको घिड्घिडो च्यापेर हिंडिरहेका छन् । यस पटक भने देउवाले देलान् कि भन्ने आश बोकेर पार्टीको १४ औं महाधिवेशनमा आफ्ना गूटका उम्मेदवार शेखर कोइरालालाई समेत नसघाएर मौन बसेका उनी दोस्रो चरणको मतदानमा त आफ्नाहरुलाई देउवालाई नै मत दिन सुझाएका थिए ।
यस पटक त उक्त गुन तिर्लान् कि भन्ने आशाको घैटो बोकेर पौडेलले देउवालाई दुई पटकको भेटमा मुखै फोरेर अब मेरो पालो प्रधानमन्त्री बन्ने, सघाउनुस् भनिसके । तर देउवाले पख्नुस् पख्नुस् भन्दै अल्झाइरहेका छन् । आफू नभए प्रधानमन्त्री माओवादीलाई दिएर राष्ट्रपति बन्नुपर्ने सुझाव देउवालाई उनका निकटहरुले बारम्बार दिइरहेका सन्दर्भमा पौडेललाई प्रधानमन्त्रीको लोभ केटाकेटीलाई ललिपप सिवाय केही बन्ला जस्तो देखिन्न ।
एकातिर अब मेरो पालो भन्ने पौडेललाई देउवाले अल्झाइरहँदा अर्कातिर पार्टीभित्रै युवाहरुको जबरजस्त दस्ता अगाडी बढिसकेको छ । गगन–विश्वप्रकाशले यसै पटक नेतृत्व परिवर्तन भन्दै दलको नेतामा गगन थापालाई अघि सारिसकेका छन् । यस्तोमा एक पटक प्रधानमन्त्री बन्ने पौडेलको मृगतृष्णा कसरी पूरा होला ?
यस्तो छ, देउवा–पौडेलको पाँच दशक लामो प्रतिष्पर्धात्मक दोस्तनाको सम्बन्ध
- तँ तँ र म मसम्म चल्ने विद्यार्थीकालदेखिकै दौँतरी दुबैको प्रतिस्पर्धा २०२८ सालमा नेविसंघको अध्यक्ष बन्ने समयदेखि नै थियो । त्यसबेला बीपीसमेतको साथमा देउवा नेविसंघको अध्यक्ष बन्दा पौडेल पछी परे । र कांग्रेस राजनीतिमा देउवा लगातार अघि लाग्दा पौडेल पछिपछि छन् ।
- राजा महेन्द्रले २०१७ सालको ‘कु’ गरेपछि कांग्रेस नेताहरु जेल र निर्वासनमा रहेका बेला विद्यार्थी आन्दोलनमार्फत् प्रजातन्त्रको धुकधुकी जोगाउने जिम्मेवारी देउवा–पौडेलका अतिरिक्त विद्यार्थी नेताहरु विपिन कोइराला, शिवबहादुर खड्का, मछिन्द्र पाठक, अर्जुननरसिंह केसी, देवेन्द्रलाल नेपालीलगायतको काँधमा ।
- २०५९ असोज ४ मा कांग्रेस विभाजन गरी प्रजातान्त्रिक कांग्रेस बनाउन र त्यसको सभापति बन्न बचन दिएर पनि पौडेलले देउवालाई अन्तिममा धोका दिएको । त्यसअघि अघिल्लो दिनसम्म पार्टी फुटाउनेमा पौडेलले देउवालाई साथ दिएका थिए ।
- देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने सुरमा रहँदा एक पटक पनि प्रधानमन्त्री बन्न नसकेका पौडेल काकतालीले २०६७ सालमा प्रधानमन्त्रीको उम्मेदवार हुँदा पनि १७ पटकसम्म संसदमा भएको प्रतिस्पर्धामा उनी विजयी बन्न सकेनन् ।
- २०४८ को आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा दुवै नेता मन्त्री बन्दा देउवाले गृह तथा पौडेलले सामान्य प्रशासनमन्त्री बन्न पाए ।
- २०५१ सालको मध्यावधि निर्वाचनपछि बहुमत गुमाएको कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद भट्टराईले च्यापेका देउवालाई गिरिजाप्रसाद कोइरालाले पनि हरियो बत्ती बालिदिएपछि रोकिएका पौडेल सभामुख बन्नतिर लागे ।
- बैचारिक रुपमा प्रष्ट अडान राख्ने पौडेल आफ्नो अडानमा बस्ने नेताका रुपमा लिइन्छ भने देउवामा सत्ता राजनीतिमा सबैलाई मिलाएर आफ्नो पद सुरक्षित बनाउने खुबी देखिन्छ । गूट संरक्षण गर्दै देउवा नेता बन्दा पौडेलसँग त्यो क्षमतना देखिन्न । बरु उनी आफूलाई मध्यमार्गी नेताका रुपमा चिनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया