काठमाडाैं : एसियाली विकास बैंक (एडीबी) ले अायोजना कार्यान्वयनमा नेपाल सरकारले देखाएको परिपक्वतामाथि प्रश्न उठाएको छ ।
अाफुले लगानी गरेका अायोजनाहरूलार्इ नेपाल सरकारले प्रभावकारी ढंगले अघि नबढार्इरहेको जनाउँदै एडीबीले उड्ययन र सरसफार्इका क्षेत्रमा लगानी गरेपनि परियोजहरूको कार्यान्वयन निकै निराशाजक रहेको बताएको हो ।
शुक्रबार काठमाडाैंमा भएको समीक्षा बैठकमा जापान प्रभुत्वको एडीबीका उपमहानिर्देशक दिवेश शरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । हाल एडीबीको सहयोगमा यो विमानस्थलको क्षमता विस्तारको प्रकृया अघि बढार्इएपनि निर्माणमा विवाद भर्इरहेको छ ।
अायोजना कार्यान्वयनको अवस्था यस्तै रहे एडीबीले नेपालमा थप सहयोग बढाउनुअघि सोच्नुपर्ने अाशय व्यक्त गर्दै उपमहानिर्शेक शरणदे थप लगानीको सम्भावनालार्इ नेपालले अाफ्नो हितमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
नेपाललार्इ दिएको सहायताबाट अघि बढाउनुपर्ने अायोजनाहरूको ठेक्का सम्झाैता र रकम खर्चमै समस्या देखिएको एडीबीले ठहर गरेको छ । हालसम्म एडीबी सहायताका कुनै पनि अायोजनामा लक्ष्यअनुसार खर्च गर्न नेपाल विफल देखिएको छ ।
एडीबीले नेपालमा हालसम्म २ खर्ब ८० अर्ब रूपैयाँभन्दा धेरै रकम विभिन्न अायोजना निर्माणमा लगानी गरेको जनाएको छ । यस्तै, हाल सञ्चालित अायोजनामध्ये १ अर्ब २५ अर्ब रूपैयाँको ठेक्का लाग्न बाँकी नै रहेको र १ खर्ब ७० अर्ब रूपैयाँ रकम खर्च हुनै बाँकी देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया