काठमाडौं । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३ औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ ।
कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । ढकाल ‘दि राइजिङ नेपाल’ मा कार्यरत छन् । उपाध्यक्षमा ‘नोटबजार डटकम’ का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’ की मेनुका कार्की निर्वाचित भएका छन् ।
महासचिवमा ‘अनलाइन खबर’ का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’ का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’ की दिलु कार्की निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा ‘रातोपाटी’ का निकेश खत्री, ‘अनलाइन खबर’ का विजय पराजुली, ‘सेतोपाटी’ की सविना कार्की र ‘नेपाल प्रेस’ का राजाराम न्यौपाने विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया